रवि पाण्डे/नवलपरासी । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी सम्बद्ध देशभक्त जनगणतान्त्रिक मोर्चा बर्दघाट नगर समितिले एक टोल एक संगठन अभियान सहित चुनावी कार्यक्रम सुरु गरेको छ ।
बर्दघाट नगरपालिका वडा नम्बर ४ देवीनगरमा मोर्चाका नेताहरुले मतदाता तथा कार्यकर्ता भेटघाट गरी एक टोल एक संगठन अभियान सहित कार्यक्रम प्रारम्भ गरेका हुन ।
कार्यक्रममा देजमो नवलपरासीका सचिव रवि पाण्डे जिल्ला सदस्यहरु छविलाल खरेल, रामचन्द्र पोखरेल, बिष्णु गैरे, देजमो बर्दघाट नगर समितिका अध्यक्ष राजुप्रसाद खनाल, नगर समितिका सदस्य गिरीराज पाण्डे, प्रेम पोखरेल, सेती थापा, मन्जु लम्साल लगायतका नेता कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
भेलाले देजमो नगर समितिका सदस्य गिरीराज पाठकको नेतृत्वमा १७ सदस्सीय देजमो देविनगर टोल समिति गठन गरेको छ ।
समितिको सदस्यहरुमा चन्द्रबहादुर कुमाल, मिनबहादुर क्षेत्री, नरबहादुर गुरुङ कृष्णकुमारी पाठक लगायत चयन भएका छन् ।
भेलाले देवीनगरमा रहेका माओवादी कार्यकर्ता शुभेच्छुकहरुसँग भेटघाट गरी समितिलाई पूर्णता दिने तयारी गरेको टोल समितिका संयोजक गिरीराज पाठकले बताए ।
त्यसैगरी देजमो बर्दघाट नगरपालिका ४ दिब्यनगरको बुधवार नवदिब्यज्योति प्राबिमा भएको भेलाले मुक्तमाया महतोको संयोजकत्वमा १७ सदस्सीय टोल समिति चयन गरेको छ ।
समितिको सदस्यहरुमा पार्वती पाण्डे, मेघनाथ न्यौपाने, रेशम कार्की दिपक कुमाल, रनबहादुर नेपाली, लक्ष्मी घिमिरे, दलबहादुर कुंवर लगायत चयन भएका छन् ।
भेलाले दिब्यनगर टोल कमिटीको सक्रियतामा सदस्यता वितरण गर्ने र ब्यापक भेला गर्ने निर्णय गरेको छ । मुक्तमाया महतोको अध्यक्षतामा भएको कार्यक्रममा देजमोका जिल्ला उपाध्यक्ष चुडामणि भण्डारी, जिल्ला सचिव रवि पाण्डे, जिल्ला सदस्यहरु छविलाल खरेल, रामचन्द्र पोखरेल, बोल्गा नेपाल, धुब्रकुमारी सापकोटा बिष्णु गैरे, नगर अध्यक्ष राजु प्रसाद खनाल नगर सदस्यहरु राजेन्द्र न्यौपाने, प्रेम पोखरेल, गिरीराज पाठकलगायतको सहभागिता रहेको थियो । त्यस्तै बर्दघाट नगरपालिका वडा नम्बर ७ जिमिरेभारमा पनि देजमोको कमिटी गठन भएको जनाइएको छ ।




























