गोयबल्स शैलीमा भइरहेको भ्रामक प्रचारको प्रतिवाद गरौं !

गोयबल्स शैलीमा भइरहेको भ्रामक प्रचारको प्रतिवाद गरौं !

विचार, राजनीति, संगठन र संघर्षका हिसाबले ठोस परिस्थितिको ठोस विश्लेषणसहित नयाँ जनवादी क्रान्तिको तयारीमा जुटिरहेको नेकपा (क्रान्तिकारी माओवादी)का विरुद्ध अहिले चौतर्फी रुपमा गोयबल्स शैलीमा भ्रामक प्रचारहरु भइरहेका छन् । क्रान्तिकारी माओवादीको कार्यकर्तापंक्ति, क्रान्तिकारी जनपंक्ति र अन्तर्राष्ट्रिय भाइचरापंक्तिमा क्रान्तिकारी माओवादीको नीति र नेतृत्वप्रति अविश्वास पैदा गराउने र क्रान्तिको तयारीलाई ‘सेबोटेज’ गराउने दुराशयपूर्ण उद्देश्यमा आधारित रहेर यस्ता मनोवैज्ञानिक आक्रमणहरु भइरहेका छन् । विशेषगरी चैत्र १४–१५, ०७३ मा क्रान्तिकारी माओवादीको केन्द्रीय समितिको विस्तरित बैठकले ३१ बैशाख, ०७४ का लागि भनेर घोषणा गरिएको स्थानीय तहको निर्वाचनको ‘क्रान्तिकरी उपयोग’ गर्ने नीति लिएपछि उग्रवामपन्थी÷दक्षिणपन्थी अवसरवाद, नवसंशोधनवाद र प्रतिक्रियावादी कित्ताबाट यस्ता आक्रमणहरु केन्द्रित गरिएको देखिन्छ । त्यसको डटेर क्रान्तिकारी पंक्तिले प्रतिवाद गर्न जरुरी देखिन्छ ।

    नेकपा (क्रान्तिकारी माओवादी)ले स्थानीय निर्वाचन जनताका अत्यावश्यक तथा दैनिक कामहरुको व्यवस्थापनसित जोडिएको, महान् जनयुद्ध तथा क्रान्तिले गम्भीर धक्का खाई प्रतिक्रिया काल सुरुभएको, अहिले उभारको अवस्था नरहेको, क्रान्तिको तयारीका लागि जनाधार तयार पार्न तथा जनताका बीचमा संगठन विस्तार गर्न आवश्यक बन्न गएको, जनताको एउटा ठूलो हिस्सामा निर्वाचनप्रति चासो देखिएको र पश्चगामी सत्ता तथा व्यवस्थाको विरोध एवम् भण्डाफोर गर्ने एउटा उपयुक्त माध्यम हुने भएकोले सो निर्वाचनको क्रान्तिकारी ढंगले उपयोग गर्न आवश्यक छ । परन्तु, यस प्रकारको उपयोग पार्टीद्वारा सिंधै नभई संयुक्त मोर्चा मार्फत् गर्नु सही हुन्छ र त्यस निम्ति संयुक्त मोर्चालाई समर्थन गरेर जाने नीति अवलम्वन गर्नुपर्दछ भन्ने नीति लिएको छ । यो नीतिका विरुद्ध अहिले सामाजिक सञ्जाल र अनलाइन समाचारहरुमा व्यापक भ्रामक टिप्पणीहरु आउने गरेका छन् । जसको खण्डनमा क्रान्तिकारी माओवादीका प्रवक्ताले एक वक्तव्य नै जारी गर्नुप¥यो ।

    नेपाली सर्वहारावर्गको अग्रदस्ताको रुपमा रहेको क्रान्तिकारी कम्युनिष्ट पार्टीको एकमात्र प्रतिनिधि पार्टी भनेको क्रान्तिकारी माओवादी भएकाले नै यस पार्टीलाई जनताबाट कटाउन र क्रान्तिबाट अलगावमा पार्न उनीहरु यस पार्टीका विरुद्ध गोयबल्स प्रचारमा उत्रेका छन् । जनताका एजेण्डा लिएर जनतामा गएपछि यो पार्टीको पक्षमा जनताको आकर्षण बढ्ने र भनेजस्तै क्रान्तिको तयारीका लागि जनाधार विस्तार हुने सम्भावना देखेपछि विशेषतः प्रचण्ड नेतृत्वको माओवादी केन्द्र र विप्लव नेतृत्वको नेकपाभित्र बेचैनी बढेको देखिन्छ र उनीहरु क्रान्तिकारी माओवादीका विरुद्ध प्रचार आतंकमा उत्रिएका छन् । उनीहरुले हुँदै नभएका, विश्वासै गर्न नसकिने विषयलाई प्रायोजित रुपमा प्रचारित गरिरहेका छन् । यो उनीहरुको पराजित र आतंकित मानसिकताको पनि उपज हो । तर यसले जनतामा भ्रम पारिरहेको छ । यसको डटेर प्रतिवाद गर्नैपर्दछ । त्यसका निम्ति क्रान्तिकारी माओवादीले आफ्नो प्रचारसंयन्त्रलाई प्रभावकारी रुपमा परिचालन गर्नुपर्ने देखिन्छ ।

    संसदीय व्यवस्थाभित्र हुने जनविरोधी हर्कतहरुको भण्डाफोर गर्ने, संस्थागत रुपमा मौलाउँदो भ्रष्टाचार, अनियमितता, महंगी, कालोबजारी र स्थानीय स्तरमा ‘विचौलिया’को भूमिका खेलिरहेका संसदवादी दलका कार्यकर्ताहरुको सुक्ष्म अध्ययन र तिनीहरुको जनविरोध हर्कतहरुको जनता बीचमा भण्डाफोर गर्ने कामलाई अगाडि बढाउनु पर्ने देखिन्छ । फेसबुक, ट्वीटर, यूटुव, अनलाइन, इलेक्ट्रोनिक तथा प्रिन्ट मिडियालगायत आम संचारका माध्यमहरुको प्रयोग गरी पार्टीका विरुद्धमा छरिएका भ्रम र विरोधीहरुको भण्डाफोरमा क्रान्तिकारी माओवादीले सूचना र प्रविधिमा पहुँच राख्ने कार्यकर्ताहरुलाई योजनाबद्ध रुपमा परिचालन नै गर्नुपर्ने देखिएको छ ।

    आउनुहोस्, नेपाली सर्वहारावर्गको हेडक्वार्टर र यसले चालेको तात्कालिक कार्यनीतिक स्टेपका विरुद्ध भएको भ्रामक प्रचारहरुको प्रतिवाद गरौं, नयाँ जनवादी क्रान्तिको तयारीका लागि निर्वाचनको क्रान्तिकारी उपयोगको नीतिलाई अझ प्रष्ट पार्दै आम श्रमजीवि जनताबीचमा जनविरोधी तत्वहरुको भण्डाफोर गरौं । क्रान्तिकारीहरुका लागि निर्वाचनको उपयोग एउटा अग्नी परीक्षा हो, यसमा खह«ो उत्रने साहस गरौं । अवश्यै जित जनताको हुनेछ, जित क्रान्तिकारीहरुकै हुनेछ ।