काठमाडौं । नेपालको एकमात्रै अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलभित्र चितुवा छिरेको छ ।
चितुवा छिरेर हराएपछि विमानस्थलको अवतरण र उडान प्रभावित बनेको छ ।
विमानस्थल प्रहरीका अनुसार विमानस्थलमा चितुवा देखिएपछि अहिले तीब्र खोजी भइरहेको छ । प्रहरी र शिकारीहरु चितुवा खोज्न लागेका छन् ।
जिल्ला वन कार्यालयका प्रतिनिधि पनि विमानस्थल पुग्दैछन् ।
सुरुमा रन–वे क्षेत्र नजिकैको पानी छिर्ने ड्रेनमै देखिएको चितुवा अहिले कहाँ पुग्यो भन्ने अन्योल छ ।
चितुवा छिरेपछि विमानस्थलको उडान–अवतरण आधा घण्टा प्रभावित भएको थियो । बिहान सबा ८ बजे विमानस्थलमा देखिएको चितुवा हराएको क्षेत्रमा प्रहरीले सुरक्षा ब्यवस्था कडा बनाएको छ ।
विमानस्थलको चार नम्बर गेटबाट चितुवा छिरेको प्रहरीको अनुमान छ । पटक–पटक विमानस्थलमा जंगली जनावर छिर्ने गरेको छ । चराले पनि विमानस्थलमा अवरोध गर्ने गरेको छ ।