काठमाडौं । काठमाडौंको न्युरोडमा भएको सुन लुटपाटको घटनामा प्रहरीकै संलग्नता रहेको पाइएको छ । लुटपाटमा संलग्न हवल्दारसहित ६ जना पक्राउ परेका छन् ।
न्यूरोड मरुहिटीमा भारतीय नागरिक शिव माइतीले सञ्चालन गरेको सुन पसलमा शुक्रबार हतियार देखाएर झण्डै ६० तोला सुन लुटपाट भएको थियो ।
महानगरीय प्रहरी अपराध महाशाखाले लुटपाटमा संलग्न तीन जनालाई पक्राउ गरेको छ । महाशाखाका एसपी प्रकाशजंग कार्कीले अपरेशन अन्तिम चरणमा पुगेको र लुटपाटमा प्रहरीकै संलग्नता देखिएको जनाएका छन् ।
सोह्रखुट्टे प्रहरीका हवल्दार अजय गुरुङसहितको समूह लुटपाटमा संलग्न भएको पाइएको छ ।