काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) को वैधानिक मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले आफ्ना अध्यक्ष सीपी गजुरेल, नयाँ शक्तिका अध्यक्ष डा.बाबुराम भट्टराईसहित नेताहरुको गिरफ्तारीको कडा शब्दमा निन्दा गरेको छ ।
मोर्चाका सचिव परि थापाले एक विज्ञप्ति जारी गर्दै अलोकतान्त्रिक स्थानीय तह निर्वाचन कानुनविरुद्ध निर्वाचन आयोगको केन्द्रीय कार्यलय घेराउका क्रममा भएको हस्तक्षेपको विरोध गरेका हुन् ।
‘देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल लगायतका राजनीतिक पार्टी र संगठनहरुको आयोजनामा अलोकतान्त्रिक स्थानीय तह निर्वाचन कानुनका विरुद्ध आज विहान निर्वाचन अयोगको केन्द्रीय कार्यालय घेराउ कार्यक्रमका दौरानमा मोर्चाका केन्द्रीय अध्यक्ष क. सीपी गजुरेललगायत अन्य पार्टीका नेता तथा कार्यकर्ताहरुमाथि सरकारद्वारा भएको दमन, धरपकड र गिरफ्तारीप्रति मोर्चाको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
मोर्चाले सरकारद्वारा प्रदर्शन गरिएको त्यस प्रकारको घोर अलोकतान्त्रिक कार्यको मोर्चाले तीव्र भत्र्सना समेत गरेको गर्दै तत्काल रिहाईको माग गरेको छ ।