काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आन्दोलनरत मधेसी मोर्चासँग सकेसम्म आजै र नभए आफू चीन भ्रमणबाट फर्किएलगत्तै सहमति हुने दाबी गरेका छन् ।
मोर्चाका नेताहरुसँगको छलफल सकारात्मक रहेको र सहमति नजिक पुगिसकेको बताए ।
बिहीबार बसेको माओवादी केन्द्र संसदीय दलको बैठकमा समसामयिक राजनीतिक अवस्थाबारे जानकारी गराउँदै उनले सो कुरा बताएका हुन् ।
सिमांकनलाई थाती राखेर अन्य विषयमा मोर्चासँग सहमतिको प्रयास भइरहेको प्रधानमन्त्रीले उल्लेख गरे । प्रचण्डले स्थानीय तहको चुनावको तयारीमा जुट्न आफ्ना पार्टीका सांसदहरुलाई निर्देशन समेत दिए ।