प्रेमिकासँगै नारायणीमा हामफालेका सैनिक ५ दिनपछि मृत भेटिए

प्रेमिकासँगै नारायणीमा हामफालेका सैनिक ५ दिनपछि मृत भेटिए

चितवन । चितवनको देवघाटमा हाम्फालेर बेपत्ता भएका एक सैनिक जवानको शव ११ किलोमिटर तल नारायणी नदीमा फेला परेको छ ।

नेपाली सेना र प्रहरीको संयुक्त खोजतलास टिमले उनको शव ५ दिनपछि नदीमा फेला पारेको हो ।

उनको शव पश्चिम चितवनको काभ्रेघाटस्थित नारायणी किनारमा फेला परेको र अहिले उनको शवलाई भरतपुर अस्पतालमा राखिएको चितवन प्रहरीले जनाएको छ ।

गत चैत ५ गते अपराह्न चितवनको भरतपुर महानगरपालिका–१ स्थित देवघाटबाट नारायणी नदीमा एकजना किशोरीसहित सैनिक जवान सरोज पोखरेलले नदीमा हामफालेका थिए ।

प्रहरी टोलीले महिलालाई सकुशल उद्धार गरेपनि पोखरेल बेपत्ता भएका थिए ।

चितवनको भरतपुर महानगरपालिका–२२ की १८ वर्षीया सम्झना पौडेललाई सोही दिननै उद्धार गरिएको भएपनि पोखरेल भने बेपत्ता थिए ।

पश्चिम चितवनको पार्वतीपुर निवासी २२ वर्षीय पोखरेल नेपाली सेनाको विपद् व्यवस्थापन गण, रसौलीमा कार्यरत थिए ।