काठमाडौं । हालै गठन भएको स्थानीय तह अन्तर्गत सरकारले पाँच उपमहानगरपालिकासहित देशका १७८ नगरपालिकाका लागि कार्यकारी अधिकृत खटाएको छ ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले नेपाल सरकारका अधिकृत स्तरका कर्मचारीलाई उपमहानगरपालिका र नगरपालिकाका लागि कार्यकारी अधिकृतको रुपमा खटाएका हो ।
मन्त्रालयले शुक्रबार ४ मात्रै ८१ गाउँपालिकाका लागि अधिकृत तोकेको थियो । नयाँ संरचनाअनुसार ४ महानगरपालिका, १३ उपमहानगरपालिका र दुई सय ४६ नगरपालिकामध्ये सरकारले हाल पाँच उपमहानगरसहित १७८ नगरपालिकाका कार्यकारी अधिकृत तोकेको हो ।
मन्त्रालयले कार्यक्षेत्र तोकिएका स्थानमा ढिलो नगरी काममा रमाना लिएर हाजिर हुन अधिकृतहरुलाई निर्देशन दिएको छ ।































