३० वर्षसम्म चिया मात्र पिएर बाँचिन् यी महिला

प्रकाशित मिति : २०७३ चैत्र ४

एजेन्सी ।
विश्वको रहेक कुना अनौठो अनौठो घटनाहरु हुने गर्दछ । यो यस्तै एक घटना छ । जसले पछिल्लो ३० वर्षेदेखि चिया बाहेक केहीपनि चिज खाएकी छैनिन् । पानी मात्र पिएर कैयन् वर्षसम्म बाँचेका मानिसहरुका कथा त सुन्नुुभएकै होला । तर चिया मात्र पिएर वर्षौँसम्म बाच्न सफल भएको यो कथा भने पहिलो नै हुनुपर्छ ।
भारत बिहारको हाजिपुरकी ती महिलाले आफ्नो लोग्नेको मृत्युपछि अरु खानेकुरा खान छाडिन् र पछिल्लो ३० वर्षयता चियाकै भरमा बाँचेकी छिन् ।
चियाले अढाई दशकसम्म प्राण धानेकी महिला हुन् किरण देवी । हाजिपुर भन्दा ६ किलोमिटर टाढाको रामपूर गाउँमा बस्ने किरण देवीको चियामा धानिएको प्राणले सबैलाई छक्क पारेको छ ।
३० वर्ष पहिले किरणका पति उपेन्द्र सिंहको मृत्युभएको थियो । पतिको मृत्युको शोक यति गहिरो गरी पर्यो की उनले अन्न त्याग गरिन् । अन्न मात्र होइन शुद्ध पानी पिउन पनि छाड्नि र मात्र चिया पिएर जिवन गुुजार्न थालिन् ।