काठमाडौं । आठ मार्चको अवसर पारेर राष्ट्रिय भेलामा जुटेको नेकपा (क्रान्तिकारी माओवादी) निकट अनेमसंघ (क्रान्तिकारी)ले संगठनको अध्यक्षमा महिला नेतृ लक्ष्मी मुड्भरीलाई चयन गरेको छ । दुई दिनसम्म पार्टी कार्यालय बुद्धनगरमा चलेको भेलाको बन्द सत्रले उपाध्यक्षमा अम्बिका रेग्मी, महासचिव अम्बिका मुड्भरी, सचिवमा विन्दा मगर र सारदा महत, सहसचिव रिता मगर, रुपा गेलाल र कोषाध्यक्ष तेजकुमारी थापालाई चयन गरेको छ ।
७५ सदस्सीय नयाँ कार्यसमितिका सदस्यहरुमा क्रमशः प्रमिला नेम्वाङ(सुनसरी), सुभलक्ष्मी खनाल(चितवन), जशोधा राई(सुनसरी), सुमित्रा चौधरी(सुनसरी), फुलथुंगा खतिवडा(मोरङ), टिका पाठक (झापा), कमला मगर (धनकुटा), फुलमाया तामाङ(पाँचथर), पेन्डोमा शेर्पा (ओखलढुंगा), दुर्गा चौलागाईं (सर्लाही), मिना मगर (सप्तरी), देवी थापा (कास्की), कल्पना थापा (कास्की), लक्ष्मी मल्ल (तनहुँ), तेजकुमारी घर्ती (बाग्लुङ), गीता पाण्डे (नवलपरासी), निमकला पुन (रुपन्देही), पूर्णकुमारी देवकोटा(सिन्धुली), दुर्गा अधिकारी(बर्दिया), चन्द्रा थानी(सुर्खेत), कृष्णकला शाही (कालिकोट), हिरादेवी नाथ (बझाङ), अम्बिका पाण्डे (काठमाडौं), सोनाम याङ्की (काठमाडौं), इन्दिरा घिमिरे (काठमाडौं), इटोल लामा (मुगुं), हिरा मगर (उदयपुर), उमा परियार (उदयपुर), पवित्रा घर्ती (प्युठान), इश्वरा केसी (अर्घाखाँची), सरस्वती घर्ती (रोल्पा), निर्मला पुन (रुकुम), शुशिला आचार्य (दाङ), रचना मैनाली (काभ्रे), शान्ता पण्डित (काठमाडौं), धनकुमारी निरौला (काठमाडौं), विष्णु बराल (महोत्तरी), चुनीकला विक (पाल्पा), नैनाकला खत्री (खोटाङ), अनिता घिमिरे (सोलु), बालकुमारी खड्का (दैलेख), कृष्णा शाही (रुकुम) चुनिएका छन् । त्यसैगरी भेलाले वैकल्पिक सदस्यहरुमा क्रमशः इन्दिरा थारु (बाँके), गंगा न्यौपाने (बर्दिया), भगवती सिंह (कैलाली), सन्तु घर्ती (बाग्लुङ), पासाङ ल्हामु शेर्पा (ओखलढुंगा), विना राई (उदयपुर), अप्सरा मगर (भक्तपुर), टीका राई (ललितपुर), सुमित्रा राय (मोरङ), रुक्मिना बजगाईं (मोरङ)लाई चयन गरेको छ ।