
बुटबल । कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका–८, आनन्दबजारस्थित सीमा क्षेत्रमा भारतीय सुरक्षा बल (एसएसबी)ले नेपाल भूमि प्रवेश गरेर अन्धाधुन्द रुपमा चलाएको गोली लागि भएको गोविन्द गौतमको मृत्युको विषयलाई लिएर जिल्लाका तीन पार्टीहरु नेकपा (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिष्ट पार्टी र राष्ट्रिय जनमोर्चाले संयुक्त रुपमा विज्ञप्ती निकालेर घोर निन्दा एवम् भत्र्सना गरेका छन् । र, राष्ट्रिय स्वाधीनताको संघर्षमा बलिदान गर्ने देशभक्त गौतमप्रति भावपूर्ण श्रद्धाञ्जली दिंदै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेका छन् । उनीहरुले आनन्दपुरमाथि गरिएको भारतीय हस्तक्षेप सिंगो मुलुकमाथिको हस्तक्षेप भएको भन्दै सबै देशभक्त स्वाभिमानी नेपालीलाई भारतीय हस्तक्षेपका विरुद्ध प्रतिरोध आन्दोलनमा उत्रन आव्हान गरेका छन् ।