विपिन अधिकारी (अखिल (क्रान्तिकारी) मोहन वैद्य- सचिव पदका उम्मेदवार
काठमाडौं । फाल्गुन २३ मा गर्ने भनिएको स्ववियू निर्वाचनका लागि रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा ५ वटा संगठनले संयुक्त प्यानल दर्ता गराएका छन् । अखिल (क्रान्तिकारी) मोहन वैद्य, अखिल (क्रान्तिकारी) विप्लव, नयाँ शक्ति, संघीय समाजवादी फोरम नेपाल, अखिल छैठौंको संयुक्त विध्यार्थी प्यानलको नाममा उमेदवारी दर्ता गरिएको छ ।
संयुक्त प्यानलमा अरविन्द्र भट्टराई (नयाँ शक्ति)का अध्यक्षको उमेदवार छन् भने विपिन अधिकारी (अखिल (क्रान्तिकारी) मोहन वैद्यले सचिव पदमा उम्मेदवारी दिएका छन् । संजीव लिम्बू(संघीय समाजवादी फोरम नेपाल) कोषाध्यक्षको उम्मेदवार बनेका छन् भने अरु संगठनहरुले सदस्यको पदमा उम्मेदवारी दिएका छन् ।
आरआर क्याम्पसमा अन्य विध्यार्थी संगठनहरु अनेरास्ववियू र अखिल (क्रान्तिकारी) प्रचण्डले छुट्टाछुट्टै प्यानल बनाएर चुनाव लड्ने तयारी गरेका छन् । क्याम्पसमा अध्ययनरत विध्यार्थीहरुका अनुसार पाँच संगठनको संयुक्त प्यानलमा रहेका उम्मेदवारहरु योग्य, अनुभवी र क्रियाशिल रहेकोले पनि विध्यार्थीहरुको रोजाइमा संयुक्त प्यानल रहेको छ ।