रचना तथा स्वर : पुष्प+कमल थापा
सङ्गीत : कैलुब्राह
पुष्प : मिलुँ मिलुँ लाग्यो मलाई
आफ्नै जस्तो त्यो तिम्रो दलैमा
कमल : लौ हुलौँ हुलौँ लाग्यो मलाई
पिरतीको रङ्गीन भेलैमा
पुष्प : राज तन्त्र, गण तन्त्र
दुबैमा छ…. तिम्रो गीत
कमल : गाई खाने भैँसी पुज्ने
गाई खाने भैँसी पुज्ने
जताततै तिम्रो प्रित
पुष्प : नजिक बसुँ बसुँ लाग्यो मलाई
सुभाष जस्तो हाम्रो मिलनमा
कमल : है जोडौँ जोडौँ लाग्यो मलाई
पिरतीको रङ्गीन खेलैमा
पुष्प : सिँहदरबार तिम्रो सुभाष
दिल्ली दरबार तिम्रै सुभाष
कमल : काममा छायो विचारमा छायो
काममा छायो विचारमा छायो
तातो तातो तिम्रो साथ
पुष्प : चुमुचुमु लाग्यो मलाई
आफ्नै जस्तो तिम्रो त्यो बदनमा
कमल : लौ गाँसौँ गाँसौँ लाग्यो मलाई
तिम्रो मेरो दुई दल एक भेषमा
पुष्प : तिम्रो विचार तिम्रो नजर
लाग्छ मलाई मेरो नै हो
कमल : मेरो विचार मात्र किन
मेरो नजर मात्रै किन
मेरो दल’नी तिम्रै हो
पुष्प : डुबुँ डुबुँ लाग्यो मलाई
भावनाको तिम्रो त्यो छातिमा
कमल : लौ हाँसौँ हासौँ लाग्यो मलाई
भाँग खाएको तिम्रो बुद्धी देख्दैमा
पुष्प : सहकार्य गरौँ गरौँ लाग्यो मलाई
आफ्नै जस्तो त्यो तिम्रो दलैमा
कमल : लौ हुलौँ हुलौँ लाग्यो मलाई
पिरतीको रङ्गीन भेलैमा
१८ फागुन २०७३
द्रष्टव्य : प्रस्तुत गीत फागुन ६ मा पञ्चप्रेतहरुको महाधिवेशन समारोहमा रिलिज गरिएको हो ।