भक्तपुर । भक्तपुरको सानोठिमी क्याम्पसमा क्याम्पस प्रमुखको कार्यकक्षमा आगो लगाइएको छ । आगलागीबाट क्याम्पसका महत्वपूर्ण कागजपत्र जलेर नष्ट भएका छन् ।
सानोठिमी क्याम्पसमा अखिल क्रान्तिकारी (प्रचण्ड) र नेविसंघले संयुक्त प्यानल बनेको थियो भने एमाले निकट अनेरास्ववियु र अखिल क्रान्तिकारी (विप्लव) समूहको अर्को प्यानल निर्माण भएको थियो ।
आफू हार्ने निश्चित भएपछि अनेरास्ववियु र विप्लव निकट क्रान्तिकारीले गएराति क्याम्पस प्रमुखको कार्यकक्षमा आगजनी गरेको अखिल क्रान्तिकारी (प्रचण्ड) ले आरोप लगाएको छ ।
सानोठिमी क्याम्पसमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका रमेश खड्काको नेतृत्वको टोली र एमाले निकट अनेरास्ववियुका लालबहादुर रोकाया नेतृत्वको टोली चुनावी प्रतिस्पर्धामा थिए ।
क्याम्पस प्रमुखको कार्यकक्षमा आगजनी भएपनि निर्वाचनसँग सम्वन्धी सबै कागजात सुरक्षित रहेकाले स्ववियु चुनाव नरोकिने क्याम्पस प्रशासनले जनाएको छ ।