काठमाडौं । वरिष्ठ पत्रकार रविन्द्र मिश्रले बीबीसी नेपाली सेवा छाडेका छन् ।
बीबीसी नेपाली सेवाको निर्देशक मिश्रले केहीबेरमा नै त्यसको औपचारिक घोषणा गर्ने तयारी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकबाट समेत उनले यसको संकेत दिइसकेका छन् ।
राजनीतिमा आउन आफू इच्छुक रहेका उनले केही समयदेखि नयाँ शक्ति बनाउने गृहकार्य गरिरहेका थिए । यसका लागि उनले आफ्नो विचार मिल्नेहरुसँग छलफललाई समेत तिब्रता दिँदै आएका छन् ।
तर छलफलका क्रममा साथीभाइले पहिला बीबीसीको जागिर छाड्न भनेपछि उनले राजीनामा दिएरै राजनीतिमा आउने तयारी गरेका हुन् ।