स्थानीय तहको निर्वाचनका लागि २५ हजार मतपेटिका अपुग, जापानले नदिने

स्थानीय तहको निर्वाचनका लागि २५ हजार मतपेटिका अपुग, जापानले नदिने

काठमाडौं । आगामी बैशाश ३१ गते हुने भनिएको स्थानीय तह निर्वाचनमा करिब २५ हजार मतपेटिका अभाव हुने भएको छ ।

विगतका निर्वाचनमा मतपेटिका दिँदै आएको जापानले यसपटक छोटो समय भएको भन्दै मतपेटिका दिन नसक्ने संकेत दिएपछि आयोगलाई २५ हजार मतपेटिका अन्यत्रैबाट व्यवस्था गर्नुपर्ने अवस्था आएको छ ।

निर्वाचन आयोगले चुनावमा ८० लिटर क्षमताका मतपेटिका प्रयोग हुने देखिएको छ । यस्ता मतपेटिका आयोगँग २० हजारमात्रै रहेका कारण २५ हजार मतपेटिका व्यवस्था गर्नुपर्ने अवस्था आएको हो ।

आयोगले हालै मात्र नेपालस्थित जापानी राजदूतलाई बोलाएर मतपेटिका उपलब्ध गराउन आग्रह गरेपनि समय छोटो भएको भन्दै उसले घुमाउरो भाषामा मतपेटिका उपलब्ध गराउन नसकिने जवाफ दिएको छ ।