नवलपरासी । नवलपरासीको दिब्यज्योति बहुमुखी क्याम्पस स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारीमय भएको छ । बिहीवार उम्मेदवारी दिने क्रममा प्रचण्ड, किरण र विप्लवनिकट तीनवटा बिद्यार्थी संगठनले कार्यगत एकता गर्दै माले,मसाल,राप्रपा,जनमुक्ति आदिवासी जनजाति बिद्यार्थी मञ्च र मधेशी मोर्चाका बिद्यार्थीहरुलाई समेटेपछि दिब्यज्योति क्याम्पसमा अखिल क्रान्तिकारीमय भएको हो ।
उनीहरुले सिकन्दर चौधरीको नेतृत्वमा समाबेशी प्यानल घोषणा गर्दै मनोनयन समेत दर्ता गराएका छन् । त्यस्तै अखिलको बोलवाला रहदै आएको सो क्याम्पसमा नेबिसंघले समेत उम्मेदवारी दिएको छ । नेबिसंघको एउटा असन्तुष्ट पक्षले बिपक्षीहरुलाई साथ दिनसक्ने नेबिसंघकै नेताहरुले बताएका छन् । त्यसैले त्रीपक्षीय भाले भिडन्तमा कसले बाजी मार्छ हेर्न भने १८ गते पछि मात्र पाईन्छ ।