ललितपुर । ललितपुरको कुपण्डोलमा नेवाः राष्ट्रिय मुक्ति मोर्चाको एक भेलाले मोर्चाको ललितपुर संयोजकमा जगदीश्वर महर्जनलाई निर्वाचित गरेको छ । महर्जनको संयोजकत्वमा १५ सदस्सीय बनाइएको जिल्ला कमिटिका सदस्यहरुमा क्रमशः मुकेश श्रेष्ठ, रामचन्द्र महर्जन, बिना महर्जन, गोविन्द महर्जन, सूर्य माली, रिना महर्जन, अमित महर्जन, बालगोपाल हाडा, राम महर्जन, कृष्णभक्त महर्जन, राजकुमार देवला लगायत रहेका छन् ।

नेकपा (क्रान्तिकारी माओवादी)का सचिवालय सदस्य तथा नेवाः मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष पवनमान श्रेष्ठको प्रमुख आतिथ्यतामा कुपन्डोलमा बुधबार दिउँसो भएको सो कार्यक्रममा के.स. शिवराम यादव,ललितपुर जिल्ला सह(इन्चार्ज गोविन्द पौडेल तथा जिल्ला संयोजक श्याम केसीको उपस्थिति थियो । भेलाको अध्यक्षता गोर्की श्रेष्ठ तथा कार्यक्रम संचालन मुकेश श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर