एजेन्सी । भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो) ले एकैपटक १ सय ४ स्याटेलाइट लन्च गरेर नयाँ इतिहास रचेको छ ।

एकै अन्तरिक्ष अभियानमा यसअघि यति उपग्रह एकसाथ छाडेको थिएन । इसरोले आफ्नो रेकर्ड अभियानमा सन् २०१६ मा २० उपग्रह प्रक्षेपित गरेको थियो ।

यसअघि एकै अभियानमा धेरै स्याटेलाइट उपग्रह छाड्ने रेकर्ड रुसको नाममा थियो । उसले सन् २०१४ मा एकै अभियानमा ३७ उपग्रह पठाएको थियो ।

यस अभियामान प्रक्षेपण गरिएका १ सय ४ उपग्रहमा तीन वटा भारतका हुन् भने बाँकी १ सय १ स्याटेलाइट इजरायल, कजाकस्तान, नेदरल्याण्ड, स्विटजरल्याण्ड र अमेरिकाका हुन् ।

यस अभियानका बारेमा जानकारी दिँदै इसरोका अध्यक्ष एएस किरण कुमारले भने, ‘यसमा एक उपग्रहको तौल ७ सय ३० किलोग्राम छ । जब बाँकी दुई वटाको १९–१९ रहेको छ । यसबाहेक हामीसँग ६ सय किलोग्राम अरु तौल पठाउने क्षमता थियो । यसकारण हामीले १०१ स्याटेलाईट लन्च गर्ने निर्णय गरेका हौं ।’

उनले यो अभियानमा लागेको खर्चका बारेमा केही नबताएपनि यसको आधा खर्च विदेशी स्याटेलाईट लन्चबाट आउने बताएका छन् । विदेशी स्याटेलाईटबाट करिब १ अर्ब रुपैया भन्दा बढी आम्दानी भएको जनाइएको छ ।

पछिल्ला केही वर्षयता स्याटेलाईट प्रक्षेपणमा अघि देखिएको भारतले २१ देशका ७९ स्याटेलाईट प्रक्षेपण गरिसकेको थियो । जसमा गुगल र एयरबस जस्ता ठूला कम्पनीका स्याटेलाइट समेत रहेका छन् ।

एक साथ १०४ वटा स्याटेलाइट प्रक्षेपण गरेपछि यसमा भारतको स्थान अझ बलियो हुने अनुमान गरिएको छ । भारतले अमेरिकाको कुनैपनि स्याटेलाइटको तुलनामा अन्तरिक्षमा पठाउने खर्च ६० देखि ६५ प्रतिशत कम रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतले स्याटेलाइट परीक्षणका लागि चीनसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । चीनले पनि भारतले जस्तै कम लागतमा अन्तरिक्षमा स्याटेलाईट प्रक्षेपण गर्ने गरेको छ ।

भारतले भन्दा साढे २ गुणा बढी स्याटेलाईट प्रक्षेपणमा खर्च गरिरहेको चीनसँग भारतको भन्दा ४ गुणा बढी स्याटेलाइट प्रक्षेपण गर्ने क्षमता छ ।
भारतले अहिलेको अवस्थामा हरेक वर्ष ५ वटा स्याटेलाईट प्रक्षेपण गरिरहेको छ भने चीनसँग २० वटा प्रक्षेपण गर्ने क्षमता छ । भारत र चीनको स्याटेलाईट प्रक्षेपणको होडबाजी कुनै समय अमेरिका र सोभियत संघको जस्तै देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर