काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले देशैभर र प्रवासमा समेत २२ औं जनयुद्ध दिवस मनाएको छ । प्राप्त समाचार अनुसार देशका सबै राज्य र जिल्लामा विभिन्न कार्यक्रम गरी जनयुद्ध दिवस मनाइएको छ भने प्रवासबाट हाम्रा संवाददाता सुरज कुमारले पठाएको समाचार अनुसार नेपाली एकता समाज भारतले २२ औं जनयुद्ध दिवसको भव्य रूपमा सम्पन्न गरेको छ । पार्टीका कार्यालय सदस्यद्वय इन्द्र मोहन सिंग्देल र रामसिंह श्रीसको उपस्थितिमा दिवस मनाएको हो । नेपाली एकता समाज भारतका केन्द्रीय संयोजक आनन्द थापाले अध्यक्षता गरेको दिवस कार्यक्रमको संचालन केन्द्रीय महासचिव विष्णु भट्टराईले गरेका थिए । सो कार्यक्रम बोल्दै नेपाली एकता समाज भारतका उपाध्यक्ष रामचन्द्र घिमिरेले जनयुद्धमा प्रबासी नेपालीहरुले खेलेको भूमिका गौरवपूर्ण रहेको बताएका थिए ।
बुटबालबाट प्राप्त समाचार अनुसार नेकपा (क्रान्तिकारी माओवादी) जिल्ला समिति, रुपन्देहीले आयोजना गरेको जनयुद्ध दिवसको अबसरमा एक कार्यक्रमको आयोजना गरियो । पार्टीका सचिवालय सदस्य प्रेम सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अबधराज्य समितिका इन्चार्ज समेत रहेका सुवेदीले नयाँ जनवादी क्रान्तिका लागि अगाडि बढ्नु नैं जनयुद्ध मनाउनुको सार्थकता रहने बताए । कार्यक्रममा पार्टीका केन्द्रीय सल्लाहकार खुमानन्द भुसाल, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका नेता केजी कुमार पौडेल, पार्टीका सचिवालय सदस्य आरपी शर्मा पोख्रेल लगायतले बोलेका थिए । यस्तै, कपिलवस्तुको चार नम्बर तथा नवलपरासीको चोरमारामा पनि पार्टीले २२ औं जनयुद्ध दिवस मनाएको जनाएको छ ।
जनयुद्ध दिवस मनाउँदै संगठन निर्माण
सिन्धुली, भक्तपुर, दैलेख, रामेछापलगायतका जिल्लाहरुमा तीन महिने अभियानकै बीचबाट दिवस मनाउँदै संगठन विस्तार समेत गरिएको छ ।
सन्धुली जिल्लामा नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज शान्तिमान कार्कीको प्रमुख आतिथ्यतामा सहिद दिवस मनाउँदै देजमो र क्रान्तिकारी युवा लिगको २ नं इलाकाको कमिटि गठन गरिएको छ ।
ज्ञानबहादुर स्याङतान संयोजक रहेको देजमो, नेपालको २ नं इलाका कमिटिका सदस्यहरुका गोपीचन्द्र बास्तोला, कृष्णकुमार राई, काजीमान खड्का, रामकुमार अधिकारी दनुवार, नैनबहादुर कार्की, लाल बहादुर कार्की, हेम बहादुर सेन्चुरी, होमबहादुर कार्की, पुजा राई, रंजीत कार्कीलगायत रहेका छन् भने कृष्णकुमार राई‘अटल’को संयोजकत्वमा क्रान्तिकारी युवा लिग, नेपालको गठन गरिएको छ । लिगको सहसंयोजमा जीवन अधिकारी र सदस्यहरुमा सोहित धामी, सुरेश कुँमर दनुवार, रामकुमार अधिकारी, युवराज अधिकारी, सन्तोष बुढाथोकी, विकास लामा, हर्कराज राई, भोजबहादुर सुनुवारलगायत रहेका छन् । प्राप्त जानकारी अनुसार दुधौली क्याम्पसबाट इकाई सचिव युवराज अधिकारीको नेतत्वमा दर्जन बढी विध्यार्थीहरु माके अखिल क्रान्तिकारी परित्याग गरी क्रान्तिकारी माओवादीमा प्रवेश गरेका छन् ।
भक्तपुरबाट प्राप्त जानकारी अनुसार एक भेलाले क्रान्तिकारी युवा लिग, नेपालको भक्तपुर अध्यक्षमा राजु लोहनी, सचिव प्रवीण त्वान्जु र सदस्यहरुमा सुवीर कोजु, रामकोजु, कृष्ण खोजु, उमेश मगजु, उमेश शद्धवार, लक्ष्मी प्रसादकारुला, कृष्ण प्रसादज्याखो, तुलसीराम सिल्पकार, पवन रन्जीतकार, उनम्र बरेजु, सरीक सुवाल, जयरामप्रजाती, सुमन, लक्ष्मीप्रसाददुःमरु, दीपकवाइवा, पंकजलामा, लाल ब. मगर, दिपेश गदाल, कृष्ण ब. शाही, कुम्भखत्री, तेज ब. बुढाथोकी रहेको कमिटि गठन गरेको छ ।
त्यसैगरी कृष्ण प्रसाद घेमनेसु अध्यक्ष रहेको र सदस्यहरुमा कमल ख्याजु, रामभक्त ह्योगोजु, राजेन्द्र मगजु, राम प्रसाद त्वान्जु, हरि सुन्दर श्रेष्ठ, कृष्ण प्रसाद ज्याख, लक्ष्मी प्रसाद दुमरु, उमेश शुहकार रहेको नेवाः राष्ट्रिय मुक्ति मोर्चाको जिल्ला कमिटि निर्माण गरेको छ ।
त्यसैगरी, अखिल क्रान्तिकारी टे«ड युनियन महासंघको पनि जिल्ला कमिटि निर्माण गरेको छ । रामकुमार दोङ अध्यक्ष रहेको र सुन्दर श्रेष्ठ–अटो, रमेश बोहरा–अटो, ज्ञान ब. तामाङ– उद्योग गोविन्द दाहाल– अटो, मदन लामा– उद्योग, कृष्ण श्रेष्ठ– गलैचा, मसली लामा, दिनेश लामा– अटो, पदम तामाङ– गलैचा, विकाश तामाङ, लक्ष्मी प्रसाद सुवाल– निमार्ण, राजकुमार मगजुलगायत सदस्य रहेको कमिटि गठन गरेको हो ।
भोजपुरबाट प्राप्त समाचार अनुसार जनयुद्ध दिवससँगै ध्रुवराज राईको संयोजकत्वमा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको गठन गरिएको छ । जिल्लाको प्याउलीमा भएको भेलाले मोर्चाको सचिवमा लक्ष्मीप्रसाद अधिकारीलाई चयन गरेको छ भने सदस्यहरुमा जीवन आचार्य, देवीप्रसाद राई, राजकुमार राई, मोहन तामाङ, रमेश रिखाम, शिव शंकर, विदुर खड्का, जनक कार्की, यदु कुमार थापा, अर्जुन कटुवाल, देवेन्द्र घिमिरे, सीताराम तामाङ, गोरखबहादुर घले, देवी श्रेष्ठलगायत रहेका छन् ।