काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका–संसदबाट पारित भएका दुई वटा विधेयक प्रमाणिकरण गरेकी छन् ।
राष्ट्रपति भण्डारीले ‘निर्वाचन (कसूर तथा सजाय) विधेयक, २०७३’ र ‘स्थानीय तह निर्वाचन विधेयक, २०७३’ प्रमाणिकरण गरेकी हुन् ।
ती विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।