संविधान संशोधन प्रस्तावले मगर र गुरुङबीच द्वन्द्व बढाउन सक्छ : गुरुङ

संविधान संशोधन प्रस्तावले मगर र गुरुङबीच द्वन्द्व बढाउन सक्छ : गुरुङ

बुटबल । नेपाल आदिवासी जनजाति महासंघ संघीय सचिवालका पूर्व महासचिव प्रा.डा.ओम गुरुङ्गले सरकारले संसदमा प्रस्तुत गरेको संविधान संशोधन प्रस्तावले दुई समुदाय बीच द्वन्द्व बढ्न सक्ने आशंका व्यक्त गरेका छन् ।

आदिवासी जनजाति पत्रकार मञ्च, नेपाल रुपन्देहीले शुक्रबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रा.डा. गुरुङ्गले कलष्टर मिलाउने नाममा आएको संशोधन प्रस्तावले मगर र गुरुङ्ग समुदायबीच द्वन्द्व हुन सक्ने संकेत गरे । उनले जातीय पहिचान र सामथ्र्यको आधारमा संघीय प्रदेश कायम हुनुपर्नेमा जोड दिए । तमुवानको माग उठेको धेरै भएको भन्दै नवलपरासीमा सम्पन्न तमु ह्युल छोज धिं गुरुङ्ग राष्ट्रिय परिषद्को महाधिवेशनले आफ्नो अधिकारको लागि गुरुङ्गहरु एक भएको सन्देश दिएको उल्लेख गर्दै उनले महाधिवेशनले जारी गरेको १७ बुंदे घोषणापत्रमा तमुवान प्राप्तिको लागि एकजुट हुने र डा.हर्क गुरुङ्गलाई राष्ट्रिय विभुती घोषणा गर्नुपर्नेलगायत निर्णय गरेको बताए ।

महाधिवेशनले पुनः रेशम गुरुङको अध्यक्षता ७७ सदस्यीय परिषद्को नयां नेतृत्व समेत चयन गरिएको केन्द्रीय सदस्य धनबहादुर गुरुङले जानकारी दिनुभयो । कार्यक्रम मञ्चका अध्यक्ष टेक मास्की रानाको अध्यक्षता र पत्रकार सनु थापाको संचालनमा भएको थियो