चितवन । चितवन जिल्लामा देशभक्त जनगणतान्त्रिक मोर्चाको गठन प्रक्रिया तीव्र बनेर गएको छ । प्राप्त पछिल्लो समचार अनुसार २ नं इलाकामा अर्जुन कुमार सापकोटाको संयोजकत्वमा ३ जना पछि थप्ने गरि १७ सदस्यीय इलाका समिति गठन भएको छ । समितिका अन्य सदस्यहरुमा गोपाल जंग पाण्डे, रामचन्द्र अधिकारी, सुस्मिता सेवा, कृष्ण बहादुर अधिकारी, दिन प्रसाद दाहाल, आइतराम दराई, हिरा प्रसाद पुडासैनी, रामेश्वर खनाल, देवी थापा, विजया अधिकारी, रस्मिता बस्नेत, बिकास बोगटी र यशोदा पाण्डे हुनुहन्छ ।

भेला नेकपा (क्रान्तिकारी माओवादी) केन्द्रीय सल्लाकार बिकासको प्रमुख उपस्थिति र देजमो केन्द्रीय सदस्य तथा जिल्ला संयोजक असोक शर्माको विशेष उपस्थितिमा सम्पन्न भयो ।

त्यसैगरि ८ नं इलाकाको भेलाले चन्द्रप्रसाद सुवेदीको नेतृत्वमा २ सदस्यीय पछि थप्ने गरि ११ सदस्यीय इलाका समिति गठन भएको छ । उक्त समितिको अन्य सदस्यहरुमा प्रेम आचार्य, फिरल महतो, सावित्री पौडेल, हरि प्रसाद सापकोटा, तरुण बहादुर महतो, पार्वती बराल, तारा वि.क., र विन्दा पावे हुनुहन्छ । भेला नेकपा (क्रान्तिकारी माओवादी) केन्द्रीय सल्लाकार क. बिकाशको प्रमुख उपस्थिति र देजमो केन्द्रीय सदस्य तथा जिल्ला संयोजक असोक शर्माको विशेष उपस्थितिमा सम्पन्न भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर