फट्यांग्राविरुद्ध सरकारद्वारा संकटकाल घोषणा !

फट्यांग्राविरुद्ध सरकारद्वारा संकटकाल घोषणा !

बोलिभिया । बोलिभिया सरकारले फट्यांग्रा नियन्त्रणका लागि संकटकालको घोषणा गरेको छ ।

राष्ट्रपति इभो मोरालेसले कृषि बालीमा फट्यांग्राको हमला नियन्त्रण गर्न आपतकालीन योजना बनाउने तयारी सहित संकटकालको घोषणा गरेका हुन् ।

यसका लागि धुवाँको माध्यमबाट किराको संक्रमण नियन्त्रणमा लिने विधि अपनाउन ७ लाख डलरको कोष खडा गरिएको जनाइएको छ ।

केही साताअघि सान्टा क्रुज क्षेत्रको पूर्वी भागमा फट्यांग्राको ठूलो समूह देखिएको थियो । देशमा खाद्यान्न तथा मासुजन्य पदार्थको उत्पादन हुने प्रमुख क्षेत्रमा फट्यांग्राको बिगबिगी बढेपछि सरकार चिन्तित बनेको छ ।

फट्यांग्राले सो क्षेत्रमा लगाइएको बाली नष्ट बनाएको छ । सो क्षेत्रमा करिब एक सय हेक्टर क्षेत्रमा लगाइएको बाली नष्ट भएको छ ।