काठमाडौं । विध्यार्थी नेता सेवन्त राज भण्डारी नेकपा (क्रान्तिकारी माओवादी) निकट विध्यार्थी संगठन अखिल (क्रान्तिकारी)को अध्यक्षमा निर्वाचित भएका छन् । सोमबारबाट सुरु भएको भेला बुधबार साँझ सम्पन्न भएको छ ।
सम्पन्न भेलाले भण्डारीको अध्यक्षतामा १२५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतिले पारित गरेको छ । अन्य पदाधिकारीको चयन लगत्तै बस्ने केन्द्रीय समितिको बैठकले गर्ने सहमति गरेको छ ।