काठमाडौं । कोलम्बियामा सरकार र अर्को एक विद्रोही संगठनबीच वार्ताको तयारी भएको छ ।
लामो समय देखि कोलोम्बियामा सक्रिय बिद्रोही समूह द नेसनल लिवरेशन आर्मी ईएलएन र कोलिम्बिया सरकारबीच शान्तिवार्ता हुने भएको हो ।
पाँच दशकदेखि सशस्त्र विद्रोह गरिरहेको ईएलएनसँग सरकारले पहिलो पटक वार्ता गर्न लागेको हो ।
इक्वेडरको राजधानी क्युटोमा हुने शान्ति वार्तालाई निकै महत्वका साथ हेरिएको छ । राष्ट्रपति जुआन म्यानुएल सान्तोसको पहलमा हुन लागेको वार्तापछि ईएलएन समूह शान्ति प्रक्रियामा फर्कने आशा गरिएको छ ।
यसअघी कोलम्बियाको सबैभन्दा ठूलो वामपन्थी विद्रोही समूह फार्कसँग सरकारले चार वर्ष लामो औपचारिक र अनौपचारिक वार्तापछि शान्ति सम्झौतामा हस्ताक्षर गरेको थियो ।
ईएलएनले कोलोम्बियाका पूर्व सरकारी अधिकारीलाई नियन्त्रणमा लिएपछि कोलोम्बियाली सरकारले वार्ता गर्ने निर्णय गरेको हो ।
वार्ताको प्रक्रिया सुरु भएसँगै ईएलएनले आफ्नो कब्जामा रहेका सरकारी अधिकारीलाई करिब १० महिनापछि मुक्त गरेको छ । उसले सरकारी अधिकारीलाई छाड्नका लागि आफ्ना दुई सदस्यलाई मुक्त गर्नुपर्ने सर्त राखेको थियो ।