एजेन्सी । मेलिसा डोमे आफ्ना प्रेमीले चक्कु प्रहार गर्दा मात्रै २० वर्षकी थिइन् । आफ्नै प्रेमीले ३२ ठाउँमा गरेको चक्कु प्रहार सहेर पनि उनी बाँच्न सफल भइन् । त्यतिमात्रै होइन, उनलाई बचाउने व्यक्तिसँगै प्रेममा परेर विवाह भयो ।

उनी कलेज पढ्दादेखि नै स्थानीय अस्पतालमा रिसेप्शनमा काम गर्थिन र उनको सपना नर्स बन्ने थियो । उनी भन्छिन् म रोबर्ट बर्टनसँग प्रेम गर्थे, ऊ आकर्षक, सुन्दर र राम्रो स्वभावके व्यक्ति थियो । तर पछि उसको स्वभाव बदलियो र मलाई ढाँट्ने, भड्किने र बाहानाबाजी गर्न थाल्यो । मैले ऊ सँग अलग हुने निर्णय गरे तर उसले नै त्यसो गरेमा आत्महत्या गर्ने धम्की दिन्थ्यो ।

एक दिन उसले धेरै मदिरा सेवन गरेको थियो । मैले नै उसलाई आफ्नो घर लगे, ढोका बन्द गरे, उसले मलाई पिट्न सुरु गर्यो । प्रहरीलाई खबर गरे र प्रहरीले समातेर लग्यो । त्यसपछि केही महिनासम्म ऊ सँग मेरो भेटघाट भएन र म उसले बिर्सिएको सम्झेर ढुक्क थिए ।

उसले २४ जनवरी २०१२ मा मलाई फोन गर्यो र माफी मागेर अन्तिम पटक भेट्न चाहेको बतायो । मलाई कुनै गडबढी छ भन्ने लाग्यो । तर म उलाई भेट्न एउटा स्प्रे र मोबाईल लिएर गए । मैले यसलाई भेटेपछि छुरा निकाल्यो र म माथि हमला गरिहाल्यो । म ऊ सँग लडिरहे, उसको हातको औला टोकिदिए, मुक्का हाने, धक्का दिए र कराईरहे । म जमिनमा ढले ।

त्यसबेला सम्म धेरै रगत बगिसकेको थियो । म कराएपछि प्रहरी आउने उसले सम्झियो होला । मलाई उसले मार्न चाहन्थ्यो र झन ठूलो चक्कु निकालेर झन जोडले हमला गर्न लाग्यो । म मृत्युको नजिक पुगिसकेकी थिए । म अस्पतालमा लामो समय बसे । मलाई १२ बोतल रगत चढाइयो ।

तर म बाँचे, यो चमत्कार नै थियो । मलाई त्यसबेला लाग्दथ्यो कि म कहिल्यै प्रेम गर्न पाउने छैन, तर प्रेम भयो । जब म थोरै ठीक भए त्यसपछि म इमरजेन्सीको टिमलाई भेट्न गए, जसले मेरो ज्यान बचाएका थिए । त्यस टिममा क्यामरनको नाम पनि थियो ।

क्यामरनले मलाई र मेरी आमालाई साँझको खाना खान बोलायो र मलाई आफ्नो फोन नम्बर पनि दियो । मैले एक सातापछि फोन गरे र उसलाई धन्यवाद दिए । कुरा यति मात्रै भन्नु थियो, तर हामीले ६ घन्टा सम्म कुराकानी गर्यौ ।

त्यसपछि हामीले केही पटक बार्बेक्यु र शुटिङ रेन्जमा भेट्यौं । मैले नर्सिङको पढाई छाडें र बिजनेश प्रशासन पढ्न थाले । यसबीचमा पनि हाम्रो भेट भई नै रह्यो । एक दिन मलाई टाम्पा बे रेन्जसको बेसबल कोर्टमा बोलाइयो, जहाँ क्यामरन पनि थियो ।

उसले मलाई त्यहि सोध्यो म सँग विवाह गर्ने हो ? यो मेरो जीवनको अद्भुत क्षण थियो । म बिल्कुल नाजवाफ भए । मैले उसको प्रस्तावलाई स्वीकार गरे र त्यही मलाई सुन्दर हीराको औंठी लगाइदियो ।

केही महिनापछि हामीले विवाह भयो, जहाँ धेरै मानिसहरु सहभागी थिए । जसले मलाई उपचार गर्न र बचाउन सहयोग गरेका थिए । आज म धेरै खुसी छु । मलाई कसैको एकै हमलाले जीवन तहसनहस भएपनि सारा जीवन चाँहि सकिने रहेनछ जस्तो लाग्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर