काठमाडौं । काभ्रेको वामपन्थी नेता डा. भरत लामिछानेको निधनको भएको छ । लामिछानेले चौ. म., जनमोर्चा नेपाल, नेकपा (एकीकृत) हँुदै नेकपा ( माओवादी केन्द्रमा आबद्ध भई काम गर्नु भएको थियो । उहाँ प्रोस्टेट क्यान्सरको विमारी हुनुहुन्थ्यो । पाटन अस्पतालमा उहाँको निधन भएको हो । उहाँ सरल स्वभावका धनी हुनुहुन्थ्यो । भोलि वैशाख ३ गते विहान ९ बजे पशुपति आर्यघाटमा लामिछानेको दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।



























