काठमाडौं । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ आबद्ध संघहरुको राष्ट्रिय सम्मेलन आगामी फागुनमा हुने भएको छ ।

अखिल नेपाल क्रान्तिकारी पर्यटन मजदुर संघ तथा अखिल नेपाल क्रान्तिकारी अटो श्रमिक संघको राष्ट्रिय भेला क्रमशः फागुन १५ गते र फागुन २८ गते काठमाडौंमा हुने भएको छ ।

मजदुर आन्दोलनमा देखा परेका अभिजात वर्गको प्रभावका विरुद्घको संघर्षलाई थप सशक्त पार्दै लैजाने पनि संघले जनाएको छ ।

ट्रेड युनियनमा भएका दक्षिणपन्थी पुच्छरवादी वा अर्थवादी प्रवृत्तिका विरुद्घ क्रान्तिकारी मजदुर आन्दोलनको दृढता पूर्वक रक्षा र विकास गर्दै आएको अखिल नेपाल क्रान्तिकारी पर्यटन मजदुर संघले सम्मेलन मार्फत आफूलाई अझ सुदृढ र विकास गर्ने लक्ष्य पूरा गर्न विभिन्न अभियानका साथ अगाडि संकल्प गरेको सो संघका अध्यक्ष रामबहादुर बस्नेतले बताए ।

त्यसैगरी अखिल नेपाल क्रान्तिकारी अटो मेकानिक्स श्रमिक संघले आफ्नो जिल्ला भेला सम्पन्न गर्दै फागुन २८ गते काठमाडौंमा गर्ने राष्ट्रिय भेलाका लागि संगठनलाई अगाडि एक अभियानका साथ अगाडि बढाइएको संघका संयोजक कुमार घतानीले जानकारी दिए ।

दुवै संघका बैठकहरुमा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका संयोजक इश्वर तिमिल्सिना, महासंघका कार्यालय सदस्यहरु फुर्नाम्गेल मोेक्तान, बद्री चापागाई, रामबहादुर बस्नेत र ठमान सिंह तामाङ लगायत उपस्थित थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर