तस्बिरमा हेर्नुहोस क्रान्तिकारी माओवादीको ३ महिने अभियान उद्घाटन

तस्बिरमा हेर्नुहोस क्रान्तिकारी माओवादीको ३ महिने अभियान उद्घाटन

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) ले बुधबारदेखि ३ महिने संगठन सुदृढिकरण तथा जनपरिचालन अभियान सुरु भएको छ ।

केन्द्रीय समितिको बैठकको निर्णयअनुसार बुधबारदेखि सुरु भएको अभियान आगामी तीन महिनासम्म देशव्यापी रुपमा सञ्चालन हुनेछ ।

अभियानका क्रममा संगठन गठन, पुनर्गठन, विस्तार, तथा संघर्षका कार्यक्रम समेत सञ्चालन गरिने सो पार्टीले जनाएको छ ।

अभियानको काठमाडौंमा अध्यक्ष मोहन वैद्य किरणले र पूर्वमा वरिष्ठ नेता तथा देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेलले उद्घाटन गरेका छन् । यसैगरी देशभरका अन्य विभिन्न राज्य तथा जिल्ला स्तरमा समेत अभियान सुरु भएको छ ।