काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) को पछिल्लो केन्द्रीय समितिको बैठकले निर्णय गरेअनुसार सिंगो पार्टी तीन महिने संगठन सदृढिकरण तथा विस्तार अभियानमा जुटेको छ ।
केन्द्रीय समितिको बैठकसँगै राज्य, जिल्लाका प्रायः बैठकहरु सकिएका छन् भने जबस÷मोर्चाका केन्द्रीय समितिका बैठकहरु पनि सकिएका छन् । पार्टी, देजमो, जबस÷मोर्चासहित एकीकृत रुपमा परिचालन गर्ने कार्ययोजना बनेको क्रान्तिकारी माओवादीको केन्द्रीय कार्यालयले जनाएको छ ।
चारवटा कमाण्ड बनाएर कार्यक्षेत्रमा जुटेका केन्द्रीय कार्यालयका सदस्यहरु सिपी गजुरेल, रामसिंह श्रीस, परि थापा र हरिभक्त कँडेल क्रमशः पूर्वी कमाण्ड, मध्य कमाण्ड, मध्यपश्चिम कमाण्ड र सदूरपश्चिम कमाण्डन्र्गतका जिल्लाहरुमा अभियान परिचालनका लागि जुटेका छन् । पूर्वघोषित निर्णय अनुसार देशका ७५ वटै जिल्लामा आजदेखि विकेन्द्रीत रुपमा अभियानको उद्घाटन हुँदैछ ।
लिम्बुवानबाट पार्टीका केन्द्रीय सदस्य केवी फुदोङले दिएको जानकारी अनुसार पौष २८ गते सुनसुरीको धरानमा बसेको लिम्बुवान राज्य समितिको बैठकले ‘संगठन विस्तार तथा सुदृढीकरण जनपरीचालन अभीयान’ लाई लिम्बुवान राज्यका जिल्लाहरुमा सशक्त ढंगले सञ्चालन गर्ने निर्णय गरेको छ ।
उक्त कार्यक्रमका लागि तेह्रथुममा सुबास फोम्बोको नेतृत्वमा, धनकुटामा गोपाल विक र इलाममा रुद्र साम्पाङको नेतृत्वमा अभियान टोली गठन गरिएको छ । उक्त टोलीलाई निर्देशन र अनुगमन गर्नका लागी राज्य इन्चार्ज सिताराम, के.स. मोहन इदीङगो, केन्द्रीय सल्लाहकार सदस्य क.रवि भण्डारीले इलाम र पाँचथर जिल्ला हेर्ने र के.स. के.वी. फुदोङ, र तारक तुम्बाहाङफेले तेह्रथुम र धनकुटा हेर्ने निर्णय गरिएको छ ।
यता कोचिलाका राज्य इन्चार्ज केदार गुरागाई ‘रत्न’ ले दिएको जानकारी अनुसार मोरङ जिल्लाको बिराटनगरको बिराट चोकमा राज्यस्तरको एक कार्यक्रम गरी माघ ५ गते अभियानको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।
अभियानलाई राज्यका तीनवटै जिल्लामा घनिभूत बनाउने गरी योजना तर्जुमा गरिएको छ भने अभियानको क्रममा फाल्गनु ५ गते राज्यस्तरमा अन्तक्र्रिया गर्ने कार्यक्रम रहेको छ । अभियानको क्रममा कोणसभा, टालसभा गर्ने, पार्टी, देजमो, जबस, मोर्चाका राज्यदेखि सेलसम्मका कमिटीहरु निर्माण गर्ने योजना बनाइएको गुरागाईले बताए ।
किरातबाट राज्यका इन्चार्ज मिनकुमार राउतले बताए अनुसार राज्यका जिल्लाहरुमा विकेन्द्रीत रुपमा अभियानको उद्घाटन गरि परिचान गरिनेछ । अभियानको क्रममा भ्रष्टाचारीहरुको नाम संकलन गर्ने र कारबाही गर्ने योजना बनाइएको छ ।
मिथिलाबाट राज्य इन्चार्ज कृष्णदेवसिंह दनुवारले जनाए अनुसार माघ ६ गते महोत्तरीको बर्दिबासमा राज्यस्तरमा एक भेला गरी अभियानको उद्घाटन गरिने कार्यक्रम तय गरिएको छ । जिल्ला जिल्लाको बैठक बसेर अभियानको क्रममा सम्भव भएका ठाउँमा प्रत्येक दिन बेलुका टोल टोलमा मशास जुलुस समेत निकाल्ने कार्यक्रम बनाइएको छ ।
यता पार्टीका केन्द्रीय सदस्य रामआश्रय रामका अनुसार भोजपुराका पनि तीनवटै जिल्लामा अभियानको तयारी अन्तिम अवस्थामा पुगेको जानकारी दिएका छन् । ती जिल्लाहरुमा ५ गते नै अभियान उद्घाटनको तयारी गरिएको छ ।
पश्चिम ताम्सालीङबाट चन्द्रहरि सुवेदी‘अटल’ले जानकारी दिए अनुसार राज्यको बैठक बसी सबै जिल्लाहरुमा पाँच गते नै अभियानका उद्घाटन गर्ने तयारी गरिएको छ ।
नेवाः राज्यको सम्पन्न राज्य समितिको बैठकले काठमाडौं, भक्तपुर र ललितपुरमा अभियानलाई प्रभावकारी परिचालन गर्न नेवा राज्य इन्चार्ज दिनेश शर्मा सागरको नेतृत्वमा केन्द्रीय सल्लाहकार सचिव दीर्घराज पाण्डे, हरिकृष्ण उपाध्याय राज्य सदस्य खगेन्द्र छन्त्याल, लोकराज रेग्मी रहेको एउटा टोली, केस सुरेश श्रेष्ठ, राज्य सदस्य सेवन्तराज भण्डारी, विष्णु सुब्बा, राम नेपाली र ज्ञानु खतिवडा रहेको अर्को टोली । पार्टी केस तथा युवा अध्यक्ष अमीर महर्जन, राज्य सदस्य हरिकृष्ण गजुरेल रहेको तेस्रो टोली र केस बसन्त बोगटीको नेतृत्वमा युवा सदस्य रहेको चौथो टोली निर्माण गरेको छ । अन्य केन्द्रीय सदस्य, सल्लाहकार, राज्य सदस्यहरुको नेतृत्वमा जिल्लास्तरमा टोली गठन गरेर आर्थिक तथा सांगठानिक अभियान चलाउने निर्णय गरेको छ । अभियानको आज दिउँसो असनबाट उद्घाटन गरिनेछ ।
त्यसैगरी अवधबाट राज्य इन्चार्ज प्रेस सुवेदीले दिएको जानकारी अनुसार अवधका तीनवटै जिल्लामा अभियानको तयारी सकिएको छ । कोणसभा, टोलसभा, गाउँ सभा गर्ने र साँस्कृतिक प्रतिरोध दिवस पारेर बुटबलमा राज्यस्तरको सभा गर्ने पनि निर्णय गरेको छ । माघ १४, १५ र १६ गते चनौटादेखि गैडाकोटसम्म मटरसाइकल ¥याली निकाल्ने र यस दुरीमा पर्ने हरेक चोकमा कोणसभा गर्दै अगाडि बढ्ने कार्यक्रम तय गरिएको इन्चार्ज सुवेदीले बताए ।
थारुवानबाट इन्चार्ज हर्कबहादुर शाहीले दिएको जानकारी अनुसार राज्यका पाँचवटै जिल्लामा आजदेखि अभियानको उद्घाटन गरिदैछ । संगठन, संघर्ष, आर्थिक, स्कुलिङलगायतका सबै कामलाई अभियानमा संयोजन गरेर लैजाने गरी कार्ययोजना निर्माण गरिएको छ । अभियानको क्रममा साँस्कृतिक टोलीहरुले सडक नाटक निकाल्ने र क्रान्तिकारी गीत नृत्यहरु पनि प्रस्तुत गर्ने गरी योजना बनाइएको इन्चार्ज शाहीले बताए ।
उता भेक र सेममा पनि अभियानको तयारी अन्तिम अवस्थामा पुगेको त्यहाँ कार्यरत राज्य इन्चार्जहरु धनजित शाही (भेक), कृष्ण गुरुङ (सेम)ले जानकारी दिएका छन् । ती राज्यमा विकेन्द्रीत रुपमा जिल्ला जिल्लामा ५ माघमा नै अभियान उद्घाटनको तयारी गरिएको छ ।
यता मगरात र तमुवानमा पनि अभियानको तयारी सकिएको समाचार प्राप्त भएको छ । ती राज्यका जिल्लाहरुमा पनि ५ माघमा नै अभियानको उद्घाटन गर्ने तयारी गरिएको छ ।
अभियानको क्रममा गरिने कोणसभा, निर्माण गरिने पार्टी, देजमो, जबस÷मोर्चाका राज्यदेखि सेलसम्मका कमिटिहरु, वालिङ, मसला जुलुस, युवा मार्चपासलगायतका कार्यक्रमको संख्यात्मक कोटा निर्धारण गरी क्रान्तिकारी माओवादी सम्पूर्णरुपले पार्टी सुदृढीकरणको अभियानमा जुटेको छ ।
तीन महिने अभियानलाई प्रभावकारी बनाउन सके तीनमहिना पछि क्रान्तिकारी माओवादी पार्टी जीवनका हिसाबले पुनजागृत बन्ने र आत्मगत स्थितिलाई सुदृढ तुल्याउन सक्ने नेकपा (क्रान्तिकारी माओवादी)लाई नजिकबाट हेरिरहेका विश्लेषकहरु बताउँछन् ।