काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) को निकट युवा संगठन क्रान्तिकारी युवा लिग र कम्युनिष्ट न्युक्लियसको युवा संगठन अखिल नेपाल क्रान्तिकारी युवा न्युक्लियसबीच एकता सम्पन्न भएको छ ।
काठमाडौंमा भएको एक भेलामार्फत दुई संगठनबीच एकता भएको हो । एकतापछि संगठनको नाम क्रान्तिकारी युवा लिग नै रहनेछ भने विधान पनि पहिलेकै कायम गरिएको छ ।
एकतापछि संगठनको केन्द्रीय समिति ६३ सदस्यीय बनेको छ । संगठनले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका लागि संघर्ष गर्ने निर्णय गरेको छ ।
क्रान्तिकारी युवा लिगले एकता भेलाबाट सामन्तवादी र साम्राज्यवादी उत्पीडनका विरुद्ध उभिने, सामन्तवादी, दलाल तथा नोकरशाही पूँजीवादका विरुद्ध संघर्ष गर्ने र सबैखाले संशोधनवाद र एवं. दक्षिणपन्थी अवसरवादको भण्डाफोर गर्ने निर्णय समेत गरेको छ ।