काठमाडौं । विश्व फुटबलको सर्वोच्च संस्था (फिफा) को नयाँ विश्व वरियताक्रममा नेपाल ६ स्थान माथि सुधार गरेको छ ।
नेपाल फिफा बरियतामा १ सय ७५ औं स्थानमा आइपुगेको हो । अघिल्लो महिना सार्वजनिक गरिएको वरियताक्रममा नेपाल १८१ औं स्थानमा रहेको थियो ।
पछिल्लो समय राम्रो नतिजा निकालिरहेको नेपाली टोलीले दक्षिण एसियामा पनि आफ्नो स्थान सुधार गर्दै चौथो स्थानमा उक्लिएको छ ।
दक्षिण एसियाली देशमध्ये भारत विश्वमा १२९ औं स्थानमा रहेको छ भने माल्दिभ्स १४५औं स्थानमा रहेको छ । यस्तै अफगानिस्तान १५१ औं स्थानमा, भुटान १७६ औं, बंगलादेश १९० औं, श्रीलंका १९६ औं र पाकिस्तान १९७ औं स्थानमा रहेको छ ।
फिफाको वरियताक्रममा अर्जेन्टिना पहिलो स्थानमा कायमै रहेको छ भने दोस्रोमा ब्राजिल, तेस्रोमा जर्मनी, चौथोमा चिली र पाँचौंमा बेल्जियम रहेका छन् ।