
काठमाडौं । एयर अरेबियाको विमानबाट बरामद गरिएको ३४ किलो सुनकाण्डमा दुई जना भन्सार अधिकृत पक्राउ परेका छन् ।
नेपाल प्रहरीको कन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अवैध सुन तस्करीमा संलग्न रहेको आरोपमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका भन्सार अधिकृतहरु श्रीनारायण यादव र राजकुमार ढकाल पक्राउ परेको जनाइएको छ ।
दुबईबाट ल्याइएको ३४ किलो अवैध सुन त्रिभुवन बिमानस्थलको भन्सारबाट पास भएको थियो । सो सुनसहित तीन जनालाई सीआईबीको टोलीले गत बिहीबार पक्राउ गरेको थियो ।
सुनको असली मालिकको खोजि गरिरहेको सीआईबीले बिहीबार दुई जना भन्सार अधिकृतलाई पक्राउ गरेको हो । अधिकृतद्वय यादव र ढकाल सुन तस्करको सम्पर्कमा रहेको आरोपमा पक्राउ गरिएको स्रोतले जनाएको छ ।
यसअघि भन्सार बिभागले २९ कर्मचारीहरुलाई जिम्मेवारीबाट हटाएर छुट्टै अनुसन्धान सुरु गरेको थियो ।