थाहा पाउनुहोस् थाहै नपाई शरीरको तौल घटाउने घरेलु तरिका

थाहा पाउनुहोस् थाहै नपाई शरीरको तौल घटाउने घरेलु तरिका

काठमाडौं । हरियो मेथीको सब्जी र मेथी मिसाइएको परौठा स्वास्थ्यका लागि धेरै फाइदायुक्त मानिन्छ । त्यही मेथीका दाना पनि केही बिरामका लागि अचुक औषधि हो ।

यो तौल कम गर्ने, ब्लड प्रेसरको नियन्त्रण गर्न तथा डाइभिटिजलाई भगाउन पनि फाइदाजनक छ । जसले धेरै भोक लगाउछ, त्यो कुरा खाएमा पटक पटक खाने आदत समेत कम हुन्छ र कब्जियत पनि हटाउँछ ।

१. बिहान खाली पेटमा मेथीका दाना पिसेर धुलो बनाएर मन तातो पानीसँगै खानुहोस ।

२. मेथीको दाना भिजाएर राख्नुहोस र बिहान छानेर खानुहोस, यसले धेरै बेरसम्म भोक लाग्दैन, जसले तौल पनि नियन्त्रित गर्छ ।

३. १ कप उमालेको पानीमा पिसेको मेथी राख्नुहोस । त्यसमा दालचिनी समेत मिसाउनुहोस । यो चियाले ब्लड प्रेसर (उच्च रक्तचाप) नियन्त्रण गर्छ भने खाना समेत पचाउने काम गर्छ ।

४. अंकुरित मेथीमा भिटामिन र मिनिरल्स पाइन्छ । यसलाई बिहान खाली पेटमा खाने गर्नाले पनि तौल घट्छ ।

५. एक कप ग्रिन टीमा मह र निबुवाको जुस मिलाएर तथा माथिबाट पिसेको मेथीको धुलो हाल्नुहोस । यसलाई बिहान खाली पेटमा खानाले पनि तौल छिट्टै कम गर्न सकिन्छ ।