मुम्बई– बलिउड अभिनेता ओम पुरीको निधनबारे नयाँ नयाँ तथ्यहरु बाहिर आउन थालेका छन् । ६ जनवरीमा उनको निधन भएको थियो । उनको मृत्यु हृदयघातका कारण भएको बताइएपनि मृत्युबारे आशंका चुलिएको छ । मृत्युपछि उनको पोस्ट मार्टम रिपोर्टबारे प्रष्ट नभनिएपछि उनको मृत्युबारे आशंका थप बढेको हो । यी ७ कुराले उनको निधनबारे रहस्य गहिरो पारिदिएको छ ।

१. ओम पुरीको मृत्युुको कारण हृदयघात भनिएको थियो । तर पछि उनको मृत्यु प्राकृतिक नभएको खबर आएको छ । उनको टाउकोमा गहिरो घाउ थियो । उनको मृत्यु टाउकोको चोटका कारण भएको थियो । उनी कोठामा सुतेको समयमा नै मृत्यु भएको भनिएपनि झ्यालबाट खस्न लागेको अवस्थामा शब भेटिएको थियो ।

२. मृत्युअघि उनका साथमा खालिद किदवई थिए । उनले आफू साँझ ५ बजे ओम पुरीको घर गएका थिए, जुनबेला उनको अन्तर्वार्ता चलिरहेको थियो । अन्तर्वार्ता सकिएपछि उनी कारबाट मनोज पाहवाको घर गए । त्यहाँ ओम पुरीको कसैसँग विवाद भएको थियो ।

३. खालिद किदवईले भने आफूहरु साढे १० बजे त्यहाँबाट गएको र त्यसपछि ओम पुरीले छोरासँग भेट्ने इच्छा लागेपछि छोरा इशान्तलाई फोन गरेका थिए । इशान्त त्यसबेलासम्म पार्टीमै भएका कारण उनले भेट्न पाएनन् । त्यसको केही समयपछि खालिद त्यहाँबाट गए । ओम छोराको विषयलाई लिएर धेरै भावुक भएका थिए ।

४. छिमेकीका अनुसार ओम परी त्यस दिन पनि एक फिल्मको शुटिङ सकेर घर फर्किएका थिए । घटनाको समयमा उनी घरमा एक्लै थिए । उनका ड्राइभरले विहानै छिमेकीको सहयोगमा ढोका खोलेका थिए । उनले नै स्थानीय ओशिवारा प्रहरीमा खबर पनि गरेका थिए ।

५. ओम पुरीको घरमा काम गर्ने र एक आफन्तसँग ओशिवारा प्रहरीमा वादविवाद भएको थियो । पत्नी नन्दिता प्रहरीसामु गइनन् । स्रोतका अनुसार नन्दिताले पुरीको मृत्युका लागि खालिद र ड्राइभर मिश्रालाई जिम्मेवार ठहर गरिन । प्रहरीले खालिदसँग विहानै करिब दुई घन्टा बयान लिएको थियो ।

६. प्रहरीले ओम पुरीको मृत्युको अन्तिम २४ घन्टामा जुन व्यक्तिलाई भेटेका थिए, ती सबैसँग सोधपुछ गरिरहेको छ । साथै प्रहरीले पत्नी नन्दिता, छोरा इशान र नायक मनोज पाहवासँग पनि सोधपुछ गर्नेछ ।

७. ओम पुरी जीवनको अन्तिम दिनमा धेरै चिन्तित थिए । उनले देशमा आफ्नो सम्पत्ति बेचेरे अमेरिका जाने तयारी गरेका थिए । उनले आफ्नो सम्पत्तिको मोटामोटी दाम समेत गरिसकेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर