
धेरै टाढा छ क्रान्तिको हाम्रो यात्रा
धेरै कठिन छ क्रान्तिको हाम्रो बाटो
यो लामो यात्रा पार गर्न
यो कठिन बाटोमा अगाडि बढ्न
ठूला ठूला हिमाल र पहाडहरू
पार गर्नु पर्ने छ हामीले
गहिरा गहिरा नदीनाला र जंधारहरू
कुशलतापूर्वक तर्नुछ हामीले
यो लामो यात्रा पार गर्ने क्रममा
यो कठिन बाटो हिड्ने क्रममा
ठूला ठूला पहाड र हिमालहरू
पार गर्ने समयमा
गहिरा गहिरा नदीनाला र जंधारहरू
तर्नु पर्ने कठिन घडीमा
आफूलाई धेरै क्रान्तिकारी हु भन्नेहरू
बीच बाटो मै थाक्न सक्छन्
हिड्दा हिड्दै बाटो बिराउन सक्छन्
बीच बाटो बाटै भाग्न सक्छन्
थोरैले मात्र क्रान्तिको महान लक्ष्य
बुझेका हुन सक्छन्
थोरैले मात्र कठिन यात्रा पार गर्ने
आँट गर्न सकेका हुन्छन्
ती आँटी क्रान्तिकारीहरूले मात्र
ती सच्चा क्रान्तिकारीहरूले मात्र
क्रान्तिको यो लामो यात्रा
क्रान्तिको यो कठिन बाटो
पार गर्ने सुन्दर सपनाहरू
देख्न सक्छन्
ठूलो हुलले क्रान्ति पूरा गर्ने होइन
संख्याले क्रान्तिको भविष्य निर्धारण गर्न सक्दैन
मात्र सही विचार बोकेकाहरूले
क्रान्तिको लक्ष्य त
ती मान्छेहरूले पूरा गर्ने छन्
जो शत्रुका गोला बारुददेखि डराउदैनन्
क्रान्तिको महान र लामो यात्रा
ती मान्छेहरूले मात्र पार गर्ने छन्
जो हजार मृत्यु र बलिदानदेखि डराउदैनन्
क्रान्तिको यो कठिन बाटोमा
ती लाल सिपाहीहरूले मात्र
जो मृत्युको रातो कफन
निधारमा बाधेर
शत्रुका गोला बारुद र बंकरहरू
छिचोल्न र सामना गर्न तयार हुन्छन्
ती आँटी लालसिपाहीहरूले मात्र ।
क्रान्तिको लामो यात्रा
पार गर्न सक्नेछन्
क्रान्तिको कठिन बाटो
हिँड्न सक्नेछन्
ती लाल सिपाहीहरुले मात्र
सगरमाथाको चुचुरोमा
क्रान्तिको विजयको
झण्डा गाड्न सक्नेछन्
जसले मृत्युलाई
हत्केलामा बोक्ने
आँट गरेका हुन्छन् ।