बुटवल । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) मध्य–पश्चिम कमाण्डको विस्तारित बैठक बुटवलमा बस्दैछ ।
पार्टी केन्द्रीय समिति बैठकले घोषणा गरेको तीन महिने अभियान सफल पार्ने र देशभरको कार्यक्रममा एकरुपता ल्याउंने उदेश्यले मध्य–पश्चिम कमाण्ड बैठक बस्न लागेको पार्टीले जनाएको छ ।
बैठकको आवश्यक सम्पूर्ण तयारी पुरा भएको पार्टी केन्द्रीय सचिवालय सदस्य प्रेमनाथ सुवेदीले जानकारी दिए ।
बैठकमा अबध, तमुवान, पूर्वी र पश्चिम मगरात गरी चार राज्य समितिका केन्द्रीय सदस्यहरु सहभागी हुंनेछन् । बैठक पार्टीको अवध राज्य समितिको कार्यालय बुटवलमा बस्ने नेता सुवेदीले बताए ।
मध्य–पश्चिम कमाण्डको बैठक पश्चात पौष २१ गते अबध, २२ गते पश्चिम मगरात, २३ गते पूर्वी मगरात र २५ गते तमुवान राज्य समितिको बैठक बस्ने नेता सुवेदीले जानकारी दिए ।
सो विस्तारित बैठकमा सहभागी हुनका लागि पार्टी केन्द्रीय कार्यालयका सदस्य एवं देशभक्त जनगणतान्त्रिक मोर्चा–नेपालका केन्द्रीय सचिव परि थापा बुटवल पुगेका छन् ।