काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट नेवाः राष्ट्रिय मुक्ति मोर्चाले एक वक्तव्य जारी गर्दै सडक विस्तार पीडितहरुले गरेको बन्दको समर्थनमा बन्द गराउन सडकमा निस्किएका मोर्चाका उपाध्यक्ष गोर्की शाही र नेता किरण शाहीलगायतका दर्जनौं नेता कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको भन्दै तत्काल रिहाई गर्न माग गरेको छ । मोर्चाका अध्यक्ष पवनमान श्रेष्ठले जारी गरेको वक्तव्यमा भनिएको छ, “गिरफ्तार गरिएका नेता कार्यकर्तालाई तत्काल रिहाई नगरिए कडा आन्दोलनमा उत्रन मोर्चा वाध्य हुनेछ ।”

वक्तव्यमा भनिएको छ, “हाम्रो मोर्चा सरकारका तर्फबाट बाटोमा परेका घरहरुको गहिरो अध्ययन गरी पीडित परिवारलाई उचित क्षतिपूर्तिसहित मुआब्जा उपलब्ध गराइयोस् भन्ने जोडदार माग गर्दछ ।”

सडकमा बन्द गर्दै हिडेका मोर्चाका नेता कार्यकर्ताहरुलाई गिरफ्तार गरी कालिमाटी र स्वयम्भूको प्रहरी कार्यालयमा राखिएको छ ।
शहरी विकास मन्त्रालयअन्तर्गतको उपत्यका विकास प्राधिकरणले बाटो फराकिलो बनाउने नाममा नगरपालिकाबाट नक्सा पास गरी सडकका दायाँबायाँ बनाइएका रैथाने जनताका घर टहरा विना मुआब्जा र क्षतिपुर्ति घरबाट उठिबास लगाउने काम बाबुराम भट्टराईको पालादेखि शुरु गरेको थियो र यसलाई अझ व्यापकता दिने काम अहिलेको सरकारबाट हुँदै आएको छ । यो राष्ट्रिय र अन्र्तराष्ट्रिय नियम कानुन विपरित मात्र होइन, लोकतन्त्र र गणतन्त्रको नाममा आदिवासी तथा रैथाने जनताको मानवअधिकारको पनि खिल्ली उडाउने काम भएको ठहर मोर्चाले गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर