बगदादमा शक्तिशाली कार बम विस्फोट, ३५ जनाको मृत्यु

बगदादमा शक्तिशाली कार बम विस्फोट, ३५ जनाको मृत्यु

एजेन्सी । इराकको राजधानी बगदादमा भएको शक्तिशाली आत्मघाती कारबम विस्फोटमा ३५ जनाको मृत्यु भएको छ । मारिनेमा ३ जना प्रहरी समेत रहेका छन् ।

बगदादको व्यस्त क्षेत्रमा भएको सो विस्फोटमा ६१ जना घाइते भएका छन् ।

शिया मुस्लिमहरुको बाहुल्यता रहेको पूर्वी सद्र सिटीको पूर्वी क्षेत्रमा आत्मघाती हमलाकारीले विस्फोट गराएका थिए ।

अहिलेसम्म यो आक्रमणमा कसको संलग्नता थियो भन्ने बारेमा केही नखुलेपनि यसअघि यस प्रकारका हमलामा आईएसको संलग्नता रहँदै आएकोले यस आक्रमणमा पनि सोही समूहको हात रहेको अनुमान गरिएको छ ।

शनिबार पनि बगदादमा भएको बम आक्रमणमा २८ जनाको मृत्यु भएको थियो ।