क्रान्तिकारी माओवादी र कम्युनिष्ट न्यूक्यिसबीच पार्टी एकता

क्रान्तिकारी माओवादी र कम्युनिष्ट न्यूक्यिसबीच पार्टी एकता

काठमाडौ । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र भूपेन्द्र न्यौपानेको संयोजकत्वमा रहेको कम्युनिष्ट न्यूक्लियस नेपाल पार्टीबीच एकता भएको छ । आइतबार राजधानीको प्रज्ञाभवन, कमलादीमा एक कार्यक्रम गरी पार्टी एकताको घोषणा गरिएको हो ।

कार्यक्रममा वैद्यले नेपालमा जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवादको स्थापनाका लागि पार्टी एकीकरण आवश्यक भएको बताए ।

नीतिगत दृष्टिकोणले क्रान्तिकारी पार्टी, आन्दोलनई बुझ्ने र विकास गर्ने सन्दर्भमा सैद्धान्तिक, वैचारिक एवं व्यवहारिक रुपले एकरुपता कामय भएको एकता–विज्ञप्तीमा जनाइएको छ । आगामी क्रान्तिका सम्पूर्ण कार्यभारहरु पूरा गर्न एकताबद्ध भएर जानुपर्ने ऐतिहासिक जिम्मेवारीलाई आत्मसात गर्दै पार्टी एकताको ऐतिहासिक अभियानमा जुटेको क्रान्तिकारी माओवादीका तर्फबाट हरिभक्त कँडेल ‘प्रतीक’ र कम्युनिष्ट न्यूक्लियस नेपालका तर्फबाट भुपेन्द्र न्यौपानेद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ । 

पछिल्लो समयमा क्रान्तिकारी माओवादीप्रति ध्रुवीकरणको लहर बढेर गएको छ ।