ललितपुर । ललितपुर ठैव निवासी बुद्धिबहादुर श्रेष्ठको ७९ वर्षको उमेरमा निधन हुन पुगेको प्रति दुःख व्यक्त गर्दै नेकपा (क्रान्तिकारी माओवादी) ललितपुरले दिवंगत श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ । पार्टीका ललितपुर संयोजक श्याम केसीले जारी गरेको वक्तव्यमा शोकसंन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरिएको छ ।
पार्टीका जिल्ला सदस्य निरन्जन श्रेष्ठका बुवासमेत रहेका श्रेष्ठ फूल्चोकी उमाविका संस्थापक अध्यक्ष रहनु भएको थियो । परोपकार संस्था केन्द्रीय कार्यालयको मानार्थ सदस्य समेत रहनु भएका श्रेष्ठको २०७३ पौष ७ गते उपचारको क्रममा निधन हुन पुगेको थियो । उहाँका पाँचजना छोराहरु हुनुहुन्छ ।