काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले संसदबाट नै संविधान संशोधन प्रस्ताव टुंगो लगाउन गरेको आग्रहलाई ठाडै अस्वीकार गरेको छ ।

एमालेले सत्तारुढ दललाई सहमतिको या विमत्तिको बाटो रोज्न पनि चेतावनी दिएको छ ।

बुधबार बसेको प्रमुख ३ दलको बैठकमा सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रले प्रमुख विपक्षी एमालेसँग संविधान संशोधन विधेयकलाई संसदबाट टुंगो लगाउने प्रस्ताव राखेका थिए ।

तीन दलको बैठकममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले संशोधनको विषयबस्तुमा सहमति नभए प्रक्रियामा सहमति गर्न प्रस्ताव गर्दै संसदको अवरोध हटाउन आग्रह गरेका थिए ।

तर, एमालेले चुनावको प्रक्रिया अघि बढाउने हो भने मात्र संसदको अवरोध हटाउने बताउँदै संशोधनको विषय अघि ल्याए संसद अवरोध कायमै राख्ने अडान राखेको छ ।

प्रधानमन्त्रीले निशेषको राजनीति गर्न खोजेको आभास भएको भन्दै एमाले उपाध्यक्ष भीम रावलले सरकारलाई सहमति या विमतीको बाटो रोज्न भनेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर