वीरगन्ज । इन्धन लिन गएको एक ट्यांकरका चालकमाथि गोली प्रहार भएको छ ।
मंगलबार बिहान भारतको बरोनीबाट पोखराका लागि इन्धन बोकेर आइरहेको ना ५ ख ८८४५ नम्बरको ट्यांकरका चालकलाई भारतको रक्सौलमा अज्ञात समूहले गोली प्रहार गरी भारतीय रुपैया चारहजार ५ सय रुपैया लुटेर लगेको हो ।
सीमावर्ती भारतको रक्सौल बजारबाट तीन किलोमिटर अगाडि अज्ञात समूहले सुरुमा ट्यांकर चालक अमलेखगन्ज–४ का तुलाराम उपाध्यायलाई कटुवा पेस्तोलले टाउकामा हान्दा प्रतिकार गरेपछि चालकलाई बायाँ खुट्टामा गोली प्रहार गरी घाइते पारेर सो रकम लुटेर लगेको पर्सा प्रहरीले जनाएको छ ।