फेसबुकबाट यसरी ठगिइन सुष्मा, बोधप्रसाद परे फन्दामा

फेसबुकबाट यसरी ठगिइन सुष्मा, बोधप्रसाद परे फन्दामा

झापा । तपाई सामाजिक सञ्जालमा भएका सबै साथीहरुलाई विश्वास गर्नुहुन्छ । यदि त्यस्तो हो भने आजैदेखि सचेत हुनुहोस ।

सामाजिक सञ्जालमा सबै तपाईका विश्वास गर्न लायक साथी नहुन सक्छन् । 

सामाजिक सञ्जाल फेसबुकबाट साथी बनेकाले विभिन्न आश्वासन दिएर तपाईलाई ठग्न सक्छन् । यस्तै घटना भएको छ झापामा । 

फेसबुकको साथीको भर पर्दा बिर्तामोड नगरपालिका–७ की सुष्मा प्रधान राई ठगिएकी छिन् । फेसबुकमा बनाएको साथी माटिन एन्थोनी मार्टले उनलाई आफू युकेमा रहेको र युकेबाट एप्पलको आइफोन, ल्यापटप र आइप्याड पठाइदिएको भन्दै ठगी गरेका हुन् । 

मार्टले आफूसँग दुईलाख १९ हजार ठगी गरेको उजुरी गरेपछि इलाका प्रहरी कार्यालय बिर्तामोडले अनुसन्धानपछि कनकाई नगरपालिका–१ दुर्गापुरका ३१ वर्षीय बोदप्रसाद पोखरेललाई पक्राउ गरेको छ । 

पक्राउ परेका पोखरेले मार्टलाई राईले एभरेष्ट बैंकमा जम्मा भएको २ हजार अमेरिकी डलर निकालेको अनुसन्धानबाट खुलेपछि उनी पक्राउ परेका हुन् ।