बसले किचेर बिहानै एक वृद्धको मृत्यु

बसले किचेर बिहानै एक वृद्धको मृत्यु

भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरपमा बसले किचेर एक वृद्धको मृत्यु भएको छ । 

ना ३ ख ७६९४ नम्बरको बसले भीमदत्तनगरको चम्मन चोकमा ठक्कर दिँदा बेदकोट नगरपालिका–८ गैलनदीका ६० वर्षीय राम नाथको मृत्यु भएको प्रहरीले जनाएको छ । 

ठक्कर दिएर फरार भएका बस चालकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको छानविन समेत सुरु गरेको छ ।