काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले सोमबार विज्ञप्ती जारी गर्दै आयल निगमद्वारा २०७३ पौष ३ गते गरिएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिए संघर्षमा उत्रने सरकारलाई चेतावानी दिएको छ ।

अध्यक्ष गजुरेलको हस्ताक्षरमा जारी विज्ञप्तीमा भनिएको छ, “पेट्रोलियम पदार्थको मूल्यमा गरिएको भारी वृद्धिप्रति हाम्रो मोर्चाको गम्भीर रुपमा ध्यानाकर्षण भएको छ । … मूल्यवृद्धिलाई तुरुन्त खारेज गरी पहिले कै मूल्य कायम गर्न हामी सरकारसँग जोडदार माग गर्दछौं । यदि हाम्रो यो मागलाई अस्वीकार गरिएमा यसका विरुद्धको संघर्षमा हामी उत्रन बाध्य हुने कुरा समेत यसै विज्ञप्तीमार्फत् जानकारी गराउन चाहन्छौं । ”

चरम महंगी र आर्थिक अभावको मारमा पिल्सिएका नेपाली जनतामाथि मूल्यवृद्धिले थप महंगी र आर्थिक दूरावस्था पैदा गर्ने समेत विज्ञप्तीमा जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर