हलेसी जाँदै गरेको जिप सुनकोशीमा खस्यो, चार जनाको मृत्यु

हलेसी जाँदै गरेको जिप सुनकोशीमा खस्यो, चार जनाको मृत्यु

सिन्धुली । काठमाडौंबाट खोटाङको हलेसी जाँदै गरेको जिप सुनकोशीमा खसेर दुर्घटना भएको छ ।

बा १२ च ८८९७ नम्बरको स्कार्पियो जिप आइतबार दिउँसो सिन्धुलीको मध्यपहाडी राजमार्गअन्तर्गत् रत्नाबती–३ घाटपाखाबाट सुनकोसी नदीमा खस्दा चारजनाको मृत्यु भएको हो । 
मृतकहरुको सनाखत हुन सकेको छैन । दुर्घटनामा परी अन्य ५ जना घाइते भएका र उनीहरुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
जिपमा जम्मा ९ जना सवार रहेको बताइएको छ । दुर्घटनाको विस्तृत विवरण आईसकेको छैन ।