चितवन । नेकपा (क्रान्तिकारी माओवादी) को वैधानिक संयुक्त मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको चितवन जिल्ला समिति गठन भएको छ । भरतपुरमा भएको एक भेलाले अशोक शर्माको संयोजकत्वमा २५ सदस्यीय समिति गठन गरेको हो ।
समितिका सदस्यहरुमा बाबुराम प्यासी, उत्तम सिंखडा, चन्द्रप्रसाद सुवेदी, कुमार थापा, शुभलक्ष्मी खनाल, भिमबहादुर थापा, शान्ति विक, खड्गबहादुर कुँवर, प्रकाश खनाल, चुडामणि परियार, डिल्लीराम दवाडी, सञ्जय गुरुङ, रविकिरण निर्जिव, दोर्जे लामा, प्रेम चेपाङ, सावित्री पौडेल, अर्जुन सापकोटा, अरुणा रावत, फिरल महतोलगायत रहेका छन् ।
भेला नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सचिवालय सदस्य चन्द्रहरि सुवेदी ‘अटल’ को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
यसैगरी देशभक्त जनगणतान्त्रिक मोर्चाका केन्द्रीय सचिवालय सदस्य तथा पार्टी केन्द्रीय सदस्य अम्बिका मुडभरी, नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य तथा चितवन जिल्ला सचिव सुरेश गौतम, केन्द्रीय सल्लाहकारहरु जगत श्रेष्ठ, घननाथ सापकोटा, नरबहादुर गौतम लगायतको समेत सो भेलामा सहभागिता रहेको थियो ।