साउथ चाइना सीमा ड्रोन समातिएपछि ट्रम्पले लगाए यस्तो आरोप

साउथ चाइना सीमा ड्रोन समातिएपछि ट्रम्पले लगाए यस्तो आरोप

एजेन्सी । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले साउथ चाइना सीबाट अमेरिकी ड्रोन समातिएपछि फेरि चीनसँग अर्को निशाना साँधेका छन् ।

उनले चीनले समातेको ड्रोन आफूहरुलाई नचाहिने भन्दै चोरेको ड्रोन आफैंसँग राख्न भनेका हुन् ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले चीन अमेरिकाको समुद्री ड्रोन फिर्ता गर्न तयार रहेको बताएलगत्तै ट्रम्पको यस्तो भनाई बाहिर आएको हो ।

पेन्टागनका प्रवक्ता पीटर कुकले चीन प्रशासनसँगको कुराकानीपछि अमेरिकाको युयुवी (मानवरहित समुद्री वहान) फिर्ता गर्ने सहमति भएको बताएका थिए । चीनले भने अमेरिकालाई चिनियाँ सामुद्रिक क्षेत्रमा जासुसी गर्न बन्द गर्न आग्रह गरेको थियो ।